आजको मिति: २०८१-०९-२४

लुम्बिनी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास मन्त्रालय

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय

नेपालगंज, बाँके

परिचय

देशमा संघियता लागु भए पश्चात प्रदेश सरकार लुम्विनी प्रदेश अन्तर्गत स्थापना भएको यो कार्यालय बाँके जिल्ला भरीमा मुख्यतया २ वटा कार्यक्षेत्रमा जनतालाइ सेवा पुर्याउने गरी वि.सं. २०७५ देखि संचालनमा रहेको छ । कार्य क्षेत्र : सिंचाइ तटबन्ध सिंचाइ अन्तर्गत जिल्ला भरीका ( संघिय सरकारद्वारा संचालित सिक्टा सिंचाइ आयोजनाको कार्य क्षेत्र बाहेक ) सतह सिंचाइ, पोखरी सिंचाइ र लिफ्ट सिंचाइहरुको नयाँ निर्माण तथा नविकरण सुधार गर्ने र विगतमा सरकारद्वारा होस वा स्थानिय कृषकहरुद्वारा निर्मित एवं व्यवस्थित सिंचाइ प्रणालीहरुको मर्मत सुधार तथा विस्तार गर्ने कार्यहरु पर्दछन् । यसै गरी तटबन्ध अन्तर्गत जिल्ला भरीका ( संघिय सरकारको तटबन्ध कार्यक्रमको कार्य क्षेत्र भन्दा बाहिरका ) नदीनालाहरुको कटान एवं डुवानबाट क्षति पुगेका क्षेत्रहरुमा तटबन्ध निर्माण गरी कृषियोग्य जमीन संरक्षण गर्ने, मानव वस्तीको वचाव गर्ने एवं नदीनालाहरुबाट प्रभावित जमीनको उकास गर्ने कार्यहरु पर्दछन् । यस कार्यालयबाट प्रदान गरिने माथि उल्लेखित कार्य क्षेत्र भित्रका सेवा सुविधा प्राप्त गर्न निश्चित विधि र प्रक्रिया पुरा गर्नु पर्ने हुँदा सो को लागि कार्यालयमा सम्पर्क राखी जानकारी लिन सकिन्छ ।